दाङ तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आगलागी भएको छ।
तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिक गोदाम घरमा सोमबार राति आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र पानी ट्यांकरको सहायताले आगो निभाइएको छ।
आगलागीबाट मानवीय क्षति भएको छैन। क्षतिका्े विवरण आउँन बाँकी छ।
33
Shares
प्रतिक्रिया