ad ad

समाज


दाङमा रड प्रहार गरी पत्नीको हत्या, प्रत्यक्षदर्शी दुई छिमेकीमाथि पनि आक्रमण

दाङमा रड प्रहार गरी पत्नीको हत्या, प्रत्यक्षदर्शी दुई छिमेकीमाथि पनि आक्रमण

नेपालखबर
माघ ७, २०८० आइतबार ७:१७, दाङ

दाङको तुलसीपुरमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन्। 

तुलसीपुर उपमहागनरपालिका– ४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादमा आफ्नी ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले गएराति श्रीमतीलाई रडले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो। 

रक्सीले मातेपछि उनले पत्नीलाई रडले टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ। 

श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका प्रहरीले जनाएकाे छ। 

स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन्। मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको प्रहरीले जनाएको छ। 

घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .