ad ad

समाज


दाङमा रुखबाट लडेर ६५ वर्षीया वृद्धाको मृत्यु


नेपालखबर
माघ ७, २०८० आइतबार ८:५८, दाङ

दाङको तुलसीपुर–१३ बखरियामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

शनिबार बेलुका घर नजिकैको जङ्गलमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइन्।

बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेका थिए। 

उनको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .