ad ad

समाज


बर्दियामा पति विदेशमा रहेकी महिलाको हत्या, आरोपी पक्राउ

बर्दियामा पति विदेशमा रहेकी महिलाको हत्या, आरोपी पक्राउ

पप्पु भनिने शिवप्रसाद थारु


नेपालखबर
असोज २, २०८१ बुधबार ९:५८, काठमाडौँ

बर्दियामा एक महिलाको हत्या भएको छ। बारबर्दिया नगरपालिका- ५ तर्कापुरकी ३९ वर्षीया मीना थारुको गएराति हत्या भएको प्रहरीले जनाएको छ। 

जिप्रका बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालका अनुसार गएराति करिब साढे १२ बजे बारबर्दिया नगरपालिका वडा नम्बर- ११ घर भएका अन्दाजी ४० वर्षीय पप्पु भनिने शिवप्रसाद थारुले मीनाको हत्या गरेका हुन्।

‘हत्यापछि फरार रहेका पप्पुलाई बारबर्दिया नगरपालिका वडानम्बर- ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरिएको छ,’ डीएसपी अर्यालले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

स्थानीयका अनुसार मीनाका श्रीमान वैदेशिक रोजगारीमा छन्। प्रहरीका अनुसार मीना र पप्पुको एउटा गाडीमा शेयर थियो। उनीहरुबीच शेयरकै विषयमा विवाद हुँदै आएको थियो। सोही विवादमा मीनाको हत्या भएको प्रहरीले जनाएको छ।

पप्पुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी मिनालाई उपचारको लागि बारबर्दिया नगर अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .