ad ad

समाज


एक साताअघि भासिएको सडक मर्मत गरेपछि दाउन्नेमा दुईतर्फी नै गाडी चल्न थाले

एक साताअघि भासिएको सडक मर्मत गरेपछि दाउन्नेमा दुईतर्फी नै गाडी चल्न थाले

नेपालखबर
असोज २०, २०८१ आइतबार १२:५३, नवलपरासी

पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेपछि दुईतर्फी नै यातायात सेवा सञ्चालन हुन थालेको छ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएको थियो।

भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। 

शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो।

दाउन्ने सडकमा अहिले दुईतर्फी नै यातायात सेवा सञ्चालन भए पनि फेरि सडक भासिने जाेखिम भने कायमै रहेकाे बाेहाेराले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .