ad ad

समाज


सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव, कारबाही गर्ने प्रशासनको चेतावनी

सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव, कारबाही गर्ने प्रशासनको चेतावनी

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८१ बिहिबार १३:५५, सर्लाही

खेतीपातीको मुख्य सिजनमै सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएको छ। 

केही सहकारी/डिलरहरुले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै स्थानीय प्रशासनले त्यस्ता डिलरहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारी अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्। 

‘केही सहकारी/डिलरहरुबाट अनुदानको रासायनिक मलमा कृत्रिम अभाव सिर्जना गरी कृषकहरुबाट बढी मूल्य लिई कालोबजारी गरिरहेको भन्ने गुनासोप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य लिइ बिक्री वितरण गरेको पाइएमा त्यस्ता सहकारी/डिलरहरुलाई हदैसम्मको कारबाही गरिने व्यहोरा यसै सूचना मार्फत् जानकारी गराइन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .