महोत्तरीमा चट्याङ लाग्दा एक जना घाइते भएका छन्।
बर्दिबास नगरपालिका-११ खयरमरामा चट्याङ पर्दा स्थानीय गणेश बोगटी घाइते भएका हुन्।
आज बिहान उनको गाईबस्तु बाँध्ने गोठमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको डीएसपी सन्तुलाल प्रसाद जैसवालले जानकारी दिए।
चट्याङले बोगटीको गोठमा बाँधिएका एउटा भैँसी, एउटा पाडो र एउटा बाख्रा पनि मरेका छन्। घाइते बोगटीको स्थानीय मेडिकल उपचार भइरहेको डीएसपी जैसवालले बताए।
81
Shares
प्रतिक्रिया