राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा अनुशासन आयोगको प्रतिबेदनमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए।
रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथि कारबाहीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो।
गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।
अब केन्द्रीय समिति बैठकले निलम्बित महासचिव ढकालबारे निर्णय लिने एक नेताले बताए।
45
Shares
प्रतिक्रिया