ad ad

समाज


आफैँले चलाएको मोटरसाइकल पल्टिँदा मृत्यु

आफैँले चलाएको मोटरसाइकल पल्टिँदा मृत्यु

नेपालखबर
असोज २१, २०८१ सोमबार १२:५३, धनुषाा

धनुषामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का पुरुष घाइते भएका छन्। 

मिथिला बिहारी नगरपालिका-२ पशुराम तलाउमा जनकपुरबाट धनुषाधामतर्फ जाँदै गरेको स ७ प ३९३२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा धनुषाकै सबैला नगरपालिका-१२ रघुनाथपुर घर भएका ४८ वर्षीय विशेश्वर मण्डल रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलकाे पछाडी सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .