विगत तीन दिनदेखि बेपत्ता दार्चुलाकी एक युवतीको शव फेला परेको छ।
लेकम गाउँपालिका-४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरीको शव बैतडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने ठाउँमा फेला परेको हो।
उनी यही असार ८ गतेदेखि घरबाट हराएकी थिइन्। उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ।
6
Shares
प्रतिक्रिया