खेल


किन स्थगित भयो एल क्लासिको भिडन्त?

किन स्थगित भयो एल क्लासिको भिडन्त?

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ५:४९,

बार्सिलोना र रियल मड्रिडबीचको खेल बार्साको घरेलु मैदानमा हुने तय थियो। यद्यपी त्यो खेल स्थगित भएको हो।

बार्सिलोना क्याटलोनियामा रहेको फुटबल क्लब हो। हाल क्याटलोनियामा विशाल प्रदर्शन भइरहेको छ।

सन् २०१७ मा क्याटलोनिया स्पेनबाट अलग्याउन चाहने राजनीतिज्ञहरुले त्यहाँ जनमत संग्रहको आयोजना गरेका थिए। जनमत संग्रहमा क्याटलोनिया स्वतन्त्रताको पक्षमा बहुमत आएको बताइएको थियो।

यद्यपी केन्द्र सरकारले यस जनमत संग्रहलाई अवैधानिक ठहर गर्दै स्वतन्त्रतावादी आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

यसैहप्ताको सोमबार त्यही जनमत संग्रह गराउनमा तत्पर ९ नेतालाई स्पेनको अदालतले १३ देखि १६ वर्षसम्मको जेल सजाय सुनायो।

Image result for catalonia

त्यसकै विरोधमा हाल क्याटलोनियामा विशाल प्रदर्शन जारी छ। यही प्रदर्शनका बीच हुने खेलमा निम्तनसक्ने खतरा मध्यनजर गर्दै ला लिगाले खेललाई स्थगित गरेको हो।

राजनीतिक विश्लेषकहरुका अनुसार क्याटलान जनता यतिबेला केन्द्र सरकारसँग रुष्ट छन्। यस कारण राजधानी मड्रिडमा भएको क्लब रियल मड्रिडका खेलाडीमाथि उनीहरुले आक्रमण गर्नसक्छन्।

यसअघि खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा गरिनुपर्ने प्रस्तान बार्सा र मड्रिड दुवैले मानेनन्।

दुवै क्लबले डिसेम्बर १८ लाई नयाँ खेल समय मान्न तयार छन्। बीबीसीका अनुसार यद्यपी ला लिगाले यसबारे निर्णय भने गरिसकेको छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .