ad ad

खेल


साफले नयाँ च्याम्पियन पाउँदै, फाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफले नयाँ च्याम्पियन पाउँदै, फाइनलमा नेपाल र बंगलादेश भिड्ने

तस्बिर : सरोज बैजु/नेपालखबर


लक्ष्मी जि.सी
भदौ ३१, २०७९ शुक्रबार २०:८, काठमाडौँ

महिला साफ च्याम्पियनसिपको फाइनमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच फाइनल भिडन्त हुने भएको हो। शुक्रबार भएको दुई खेलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेसँगै अब फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो। 

बंगलादेशले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले भने भारतलाई १ गोलले जित निकालेको हो।

नेपाल र भारतको सेमिफाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका दर्शक.। तस्बिर:सराेज बैजु।

अब फाइनल नेपालले बंगलादेशसँग सोमबार खेल्दैछ। नेपाल र बंगलादेश फाइनलमा पुगेसँगै छैटौं संस्करणमा साफले नयाँ च्याम्पियन पाउने भएको छ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतको यो दोस्रो हार हो। यसअघि समूह चरणको खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो। 

पाँचौं पटक फाइनलमा

नेपाल फाइनलमा पुगेको यो पाँचौं पटक हो। विगतको इतिहासलाई हेर्दा भने नेपालले भारतलाई कडा चुनौती दिएको थियो। तर, अन्तिम समयमा भारतलाई नतिजा सुम्पिन नेपाल बाध्य भएको थियो। 

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणमा नेपाल १–० को नतिजामा पराजित भएको थियो।

दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो। चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो। 

यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। सन् २०१६ मा नेपाल भारतसँग हार्दै फाइनलमा पुग्न सकेको थिएन्। यो पटक भारतलाई हराउँदै नेपालले ऐतिहासिक जित निकालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .