च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले रेन्जर्समाथि ७–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।
बुधबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाहले आफ्नो ह्याट्रिक पूरा गरे। उनले खेलको ७५, ८० र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
त्यस्तै रोबर्ट फर्किनोले दुई गोल गरे। डार्विन नुएज र हार्भी एलिओटको नाममा १/१ गोल रह्यो।
यससँगै लिभरपुलले माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
समूह ए को दोस्रो स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक हात पारेको छ। रेन्जर्सले भने अहिलेसम्म अंक जोड्न सकेको छैन।
30
Shares
प्रतिक्रिया