ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुद : एपीएफलाई गण्डकीको २७ रनको लक्ष्य

नवौँ राष्ट्रिय खेलकुद : एपीएफलाई गण्डकीको २७ रनको लक्ष्य

एपीएफको टोली


नेपालखबर
असोज २७, २०७९ बिहिबार १०:४२, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला टी२० क्रिकेटमा गण्डकी प्रदेशले एपीएफ क्लबसामु २७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। 
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा  २६ रन बनाउँदा अलआउट भयो। 

विभागीय टोलीसामु निहिर बनेका गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेन्न। कप्तान सृष्टि जैसीले जोडेको ५ रन नै सर्वाधिक रह्यो। 

सुजिता थापा, बिन्दु मगर र सिमाना केसीले मात्र ३ रन बनाए। कुसुम गोदार सृजना पौडेलले समान २ रन बनाए। 

ज्योत्सिना मरासिनी, शिला क्षत्री र श्रेया शर्मा शून्य रनमा पवेलियन फर्के। श्रद्धा गुरुङ शुन्य रनमा रन आउट भइन्। निरुता जिटी १ रनमा नटआउट रहिन्। 

एपीएफका इन्दु बर्माले २ तथा निशा भट्ट, नेरी थापा, सुमन विष्ट र सिता राना मगरले समान १ विकेट झारे। 

आजै हुने दोस्रो खेलमा मधेस प्रदेश र सुदुरपश्चिम भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .