गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेपनि राष्ट्रपतिलाई कोरोना संक्रमण भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्ने तयारी गरिएको आयोजकले जनाएका छन्।
प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुनेछ। त्यसका लागि उपराष्ट्रपति पुन आजै पोखरा आउँदैछन्।
औपचारिक उद्घाटन भोलि हुने भएपनि असोज २३ गतेदेखि नै केही खेलहरु जारी छन्।
२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्षपछि गण्डकीले आयोजनाको मौका पाएको हाे। २०४० सालमा पोखराले राष्ट्रिय खेलकुदको दोस्रो संस्करण आयोजना गरेको थियो।
12
Shares
प्रतिक्रिया