युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ओमिना निकोसियामाथि १–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
बिहीबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको इन्ज्युरी समयमा स्कट म्याक्टोमिनेले निर्णायक गोल गरे।
यससँगै समूह ईमा रहेको युनाइटेडले ४ खेलबाट ९ अंक हात पारेको छ।
समूहको शीर्षस्थानमा रहेको रियल सोसिएडाडले भने ४ खेलबाट १२ अंक हात पारेको छ।
78
Shares
प्रतिक्रिया