कर्णाली प्रदेशले प्रदेश १ सामु ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले १६.१ ओभरमा ५३ रनमा अलआउट भयो।
कर्णालीका यमुना अधिकारीले २१ र कप्तान विना थापाले ११ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। ४ ब्याटर शुन्य रनमा पवेलियन फर्के।
कर्णाली प्रदेशलाई सस्तैमा रोक्न प्रदेश १ का लागि लकिता राजवंशी एक्लैले ४ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिईन्।
अलिसा खाडियाले ३ विकेट झारिन्। उनले ३.१ ओभरमा १ मेडन राख्दै ६ रन खर्चिईन्। निशा शाह र भवानी कमातीले समान १ विकेट झारे।
15
Shares
प्रतिक्रिया