ad ad

खेल


कर्णालीलाई पहिलो स्वर्ण

कर्णालीलाई पहिलो स्वर्ण

नेपालखबर
असोज ३१, २०७९ सोमबार १०:०, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको ३ हजार  मिटर स्टेबल चेस पुरुषमा कर्णाली प्रदेशका दुर्गाा बहादुर बुढाले राष्टिय कीर्तिमासहित स्वर्ण पदक जितेका छन्।

दुर्गााले सन् २००४ मा इस्लामावादमा राजेन्द्र भण्डारीले बनाएको कीर्तिमान तोडेका हुन्। राजेन्द्रले निधारित दुरी ८ मिनेट ५७ः३० पार गर्दै किर्तिमान बनाएका थिए। 

पोखरा रंगशालामा सोमबार भएको स्पर्धामा उनले नेपाल एपीएफ क्लबका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्। दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १९ मा पार गरे। 

रजत पदक जितेका अजितले निर्धारित दुरी ९ मिनेट २१ः१० मा पार गरे। 

कास्य जितेका त्रिभुवन आर्मी क्लबमा सुवास काकीले ९ मिनेट २२ः१५ मा दुरी पार गरे। 

यो स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .