ad ad

खेल


लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा

लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा

नेपालखबर
असोज ३१, २०७९ सोमबार १२:४३, काठमाडौँ

लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा पुगेको छ। लुम्बिनी प्रदेश ६९ रनमा पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। 

एपीएफले अब उपाधिका लागि बागमती र पुलिस क्लबबीचको उपाधि विजेतासाग खेल्नेछ। लुम्बिनी प्रदेशले भने अब दोस्रो सेमिफाइनल खेलको पराजित टोलीसँग कास्यका लागि खेल्नेछ। 

सोमबार भएको खेलमा एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १८.२ ओभरमा ६० रनमा समेटियो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

लुम्बिनीलाई कम स्कोरमा रोक्न एपीएफकी नेरी थापा एक्लैले ४ विकेट झारिन्। उनले आफ्नो स्पेलमा ७ रन खर्चिईन्। इन्दु बर्माले १ विकेट झारिन्। 

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो। 

एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन्। ६१ बलको सामना गरेकी ज्योतिले ७ चौका हानिन्। ममता चौधरी १६ रनमा आउट भईन्। कप्तान सिता रानामगर ११, इन्दु बर्मा ६ रनमा पवेलियन फर्के। 

कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट झारे। 

आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .