नेपाल एपीएफ क्लबकी अलराउण्डर नेरी थापाले नवौँ राष्टिय खेलकुद प्रतियोगिात अन्तर्गत महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्।
एपीएफ क्लबलाई फाइनलमा पुर्याउन नेरीले उत्कृष्ट प्रर्दशन गरेकी थिइन्। नेरीले ६ खेलमा २३ ओभरमा ३ मेडनसहित ८० रन खर्चेर ११ विकेट झारेकी थिइन्। उनले १२ रन बनाएकी छन्।
बागमती प्रदेशकी मध्य गतिकी बलर विपिशा शाही उदयीमान खेलाडी बनिन्। विपिशाले ५ खेलमा ८ विकेट झारेकी थिइन्। उनले १४.२ ओभरमा ५७ रन खर्चिइन्। कास्यको लागि भएको स्पर्धामा विपिशाले लुम्बिनीविरुद्ध चार विकेट लिएकी थिइन्।
प्रतियोगिताको उत्कृष्ट ब्याटर सम्झना खड्का बनिन्। उनले ५ खेलमा १ अर्धशतकसहित १ सय ३५ रनको योगदान दिएकी थिइन्। उनले प्रतियोगितामा १४ चौका हानिन्। विपिशा, सम्झना र सोनीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे।
डेब्यु प्रतियोगितामा पुलिस क्लबले साविक विजेता एपीएफलाई हराउँदै ५ रनले पराजित गरेको थियो।
बागमती प्रदेशकी तीव्र गतिकी बलर सोनी पाख्रिनले उत्कृष्ट ब्याटर बनिन्। उनले प्रतियोगिताभर ६ खेलमा २३ ओभर बलिङ गर्दै ८३ रन खर्चेर १२ विकेट झारिन्। बागमतीलाई कास्य पदक जिताउन तीव्र गतिकी बलर सोनीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
Shares
प्रतिक्रिया