ad ad

खेल


फुलमती र सोमलाई दोहोरो स्वर्ण

फुलमती र सोमलाई दोहोरो स्वर्ण

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १०:६, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा महिलातर्फ एपीएफकी फुलमती थारु र पुरुषतर्फ त्रिभुवन आर्मीका सोम बहादुर कुमालले स्वर्ण पदक जितेका छन्। 

पोखरा रगंशालामा बुधबार बिहान भएको फाइनलमा महिलातर्फ एपीएफकी फुलमतीले आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै दोस्रो स्वर्ण पदक जितेकी हुन्।

फुलमतीले निर्धारित दूरी २ः२७ः३६ मा दूरी पार गरिन्। रजत विजेता सरस्वतीले २ः२७ः४८ मा दूरी पार गरिन्। कास्य पदक विजेता आर्मीकै रेखा लिम्बुले २ः३०ः४८ मा पार गरिन्। 

पुरुषतर्फ आर्मीका सोमले नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीलाई पराजित गर्दै एथलेटिक्समा दोस्रो स्वर्ण पदक जितेका छन्। 

सोमले निर्धारित दूरी १ः५४ः०८ मा पार गरे। तेजले निर्धारित दूरी १ः५५ः२१ मा पार गर्दै रजत पदक जित्दा आर्मीका सुनिल सुनारले कास्य पदक जिते। उनले निर्धारित दूरी १ः५५ः५२ मा पार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .