नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ।
कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै १२ पदकसहित च्याम्पियन बनेको हो।
३ स्वर्ण, १ रजत र ५ काश्य पदक जितेको त्रिभुवन आर्मी क्लब ९ पदक जित्दै दोस्रो भयो। सशस्त्र प्रहरीको एपीएफ क्लवले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्दै तेस्रो स्थानमा रहेको छ।
१ स्वर्ण, २ रजत र १ काश्य पदक जितेको पुलिस क्लब चौथो स्थानमा रहेको छ। प्रदेश १ ले २ तथा सुदूरपश्चिमले १ रजत र २ कास्य पदक जितेको छ। वागमती प्रदेशले १ कास्य पदक जित्दा लुम्बिनी र एनआरएनए पदकविहीन रहे।
आर्चरीमा मधेश र कर्णालीबाहेक ५ प्रदेश, तीन विभाग र एनआरएनएले सहभागिता जनाएका थिए।
15
Shares
प्रतिक्रिया