खेल


नवौँ खेलकुद : साइक्लिङमा विभागीय टोलीको वर्चस्व

नवौँ खेलकुद : साइक्लिङमा विभागीय टोलीको वर्चस्व

साइक्लिङमा पदक विजेता खेलाडीहरु। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २, २०७९ बुधबार १७:१९, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतत बुधबार सम्पन्न साइक्लिङ प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको वर्चश्व रहेको छ। 

प्रतियोगिताको समग्रमा आर्मीले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको छ। एपिएफले २ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ। 

बागमती प्रदेशले १ स्वर्ण, १ रजत  पदक जितेको छ। र गण्डकी प्रदेशले १ स्वर्ण र १ कास्य पदक जितेको छ। 

विधागततर्फ आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ। 

एपीएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ। त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन्। 

साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीले एक एक स्वर्ण पदक जिते। 

पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक हात पारे। 

एपीएफका सुरज रानामगरले निर्धारित दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते। आर्मीका हिमाल टमाटाले कास्य जिते। 

महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण, एपीएफकी हुमी बुढामगर रजत र आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .