पोखरामा जारी नवौं राष्ट्रिय खेलकूदअन्तर्गत पाँच हजार मिटरको दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्णपदक जितेका छन्।
उनले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा पूरा गरेका हुन्।
कर्णालीका दुर्गाबहादुर बुढा १४ मिनेट २९.९३ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। उनले रजतपदक प्राप्त गरे।
त्रिभुवन आर्मीका मुकेश पालले १४ मिनेट ३६.६० सेकेण्डमा दौड पूरा गर्दै कास्यपदक हात पारे।
24
Shares
प्रतिक्रिया