पोखरामा जारी नवौं राष्ट्रिय खेलकूदअन्तर्गत दुई सय मिटरको दौडमा पुरुषतर्फ एपीएफका शिवराज पार्कीले स्वर्णपदक जितेका छन्।
उनले २१.९१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्णपदक जितेका हुन्। एपीएफकै आशिष चौधरीले २२.०५ सेकण्डमा दूरी पूरा गर्दै रजत पदक पाए। आर्मीका युवराज विकले २२.५० सेकेण्डमा दूरी पूरा गर्दै कास्यमा चित्त बुझाए
त्यस्तै महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्णपदक हात पारिन्।
उनले २५.२४ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेण्डमा दुरी पूरा गर्दै रजत पदक पाइन् भने २६.५२ सेकेण्डमा दौड पूरा गरेकी नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्यमा चित्त बुझाइन्।
27
Shares
प्रतिक्रिया