खेल


नवौँ खेलकुद : पदक तालिकामा विभागीयको वर्चस्व, प्रदेशहरु पछ्याउँदै

नवौँ खेलकुद : पदक तालिकामा विभागीयको वर्चस्व, प्रदेशहरु पछ्याउँदै

पदक विजेता खेलाडीहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ११:१५, पोखरा

गत असोज २९ गतेदेखि पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगतामा विभागीय तीन टोलीले पदक तालिकामा वर्चस्व कायम गरेका छन्। 

खेलकुद प्रतियोगिताको छैटौँ दिन चलिरहँदा पदक तालिकाको शीर्ष स्थानमामा त्रिभुवन आर्मी क्लब छ।

जसले १९ स्वर्ण, १३ रजत र १३ कास्यसहित ४५ पदक जित्दै आफूलाई अब्बल सावित गरेको छ।

अर्कातिर सशस्त्र प्रहरी बल (एपीएफ) ले त्रिभुवन आर्मीलाई पछ्याउँदै १० स्वर्ण, १० रजत र १० नै कास्य जितेको छ।

उसले जम्मा ३० पदक जित्दै आफूलाई पदक तालिकाको दोस्रो स्थानमा राखेको छ। त्यसैगरी पदक तालिकाको तेस्रो स्थानमा नेपाल प्रहरी क्लब छ।

जसले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित १५ पदक जितेर आफूलाई तेस्रो स्थानमा राखेको छ।

पदक तालिकामा अहिलेसम्म प्रदेश १, मधेश प्रदेश र एनआरएनए खाली हात छन्।

प्रदेशतर्फ बागमतीले २ स्वर्ण, १ रजत र ४ कास्य जितेको छ। उता आयोजक गण्डकीले १ स्वर्ण, एक रजत र एक कास्यसहित तीन पदक जितेको छ।

लुम्बिनीले २ कास्य, ४ रजत र १ कास्य पदक जित्न सफल भएको छ। कर्णालीले पनि १ स्वर्ण र १ कास्य जितेको छ। सुदूरपश्चिमको पोल्टामा अहिलेसम्म १ कास्य परेको छ।

पदक तालिका सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .