अस्ट्रेलियामा जारी टी-२० विश्वकपको एक अहम भिडन्तामा आयरल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ।
यसका साथै दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिज यस प्रतियोगिताको समूह चरणबाटै घर फर्किएको छ।
यो जितसँगै आयरल्यान्डको टिम सुपर-१२ का लागि छनोट भएको छ।
वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १४७ रनको लक्ष्य दिएको थियो।
जसलाई आयरल्यान्डको टिमले १५ बल बाँकी रहँदै भेट्टाएको हो। आयरल्यान्डले यो खेल ९ विकेटले जित्दै सुपर-१२ को यात्रा पक्का गरेको हो।
66
Shares
प्रतिक्रिया