इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल नटिंघम फरेस्टसँग १–० गोल अन्तरले पराजित भएको छ।
शनिबारको खेलको ५५ औं मिनेटमा निटंघम फरेस्टका लागि ताइवो एवोनियीले गरेको गोल नै निर्णायक बन्न पुग्यो।
रेलिगेसन क्षेत्रमा रहेको टोलीसँगको हारसँगै लिभरपुलले लिगमा आफ्नो स्थान सुधार गर्ने अवसर गुमाएको छ।
लिगको सातौं स्थानमा रहेको लिभरपुलले ११ खेलबाट १६ अंक हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको आर्सनलले १० खेलबाट २७ अंक हात पारेको छ।
48
Shares
प्रतिक्रिया