इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुलमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबार भएको खेलको चौथो मिनेटमा नै गोल खाँदै लिभरपुल १–० ले पछि परेको थियो। तर, खेलको १४ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
तर, खेलको ८९ औं मिनेटमा लिड्स युनाइटेडका लागि क्रिसेन्सिओ सुमेर्भिलेले गोल गर्दै लिड्स युनाइटेडलाई जित दिलाए।
यससँगै लिभरपुल लिगको नवौं स्थानमा झरेको छ। उसले १२ खेलबाट १६ अंक हात पारेको छ।
60
Shares
प्रतिक्रिया