ad ad

खेल


टी-२० विश्वकप : पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

टी-२० विश्वकप : पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १७:२३, काठमाडौँ

टी-२० विश्वकप अन्तर्गत ग्रुप-२ भिडन्तमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।

पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउँदै ९५ रन बनाएको हो। जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९१ रन बनाएको थियो 

पाकिस्तानका लागि मोहम्मद रिजवानले सबैभन्दा धेरै ४९ रन बनाए। अर्कातिर फखर जमान्ले २० रन बनाउँदै आउट भए।

नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

नेदरल्यान्ड्सको तर्फबाट सबैभन्दा बढी २७ रन कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाउन सफल भए। 

पाकिस्तानको तर्फबाट शादाब खानले ३ विकेट, मोहम्मद वसिमले २ विकेट लिए। अर्कातिर शाहीन शाह अफ्रिदी, नसीम शाह, हारिस रऊफले एक-एक विकेट लिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .