ad ad

खेल


फराकिलो जितसँगै लिगको शीर्षस्थानमा फर्कियो आर्सनल

फराकिलो जितसँगै लिगको शीर्षस्थानमा फर्कियो आर्सनल

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ६:५८, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले नटिंघम फरेस्टमाथि ५–० को फराकिलो जित हात पारेको छ।

आइतबार भएको खेलमा आर्सनललाई जित दिलाउने क्रममा रोइस नेल्सनले दुई गोल तथा गाब्रियल मार्टिनेली, थोमस पार्टी र मिर्टन ओडेगार्डले १/१ गोल गरेका थिए। 

यससँगै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको छ। आर्सनलले १२ खेलबाट ३१ अंक हात पारेको छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट २९ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .