एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशसामु २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०८ रनको योगफल तयार पारेको हो।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले ६३ रनको सर्वाधिक योगदान दिए। १०५ बलको सामना गरेका अर्जुनले १० चौका हाने।
समीर कँडेलले २६, विधान श्रेष्ठ र अविनास बस्नेतले समान २५ रन थपे। सन्दीप क्षत्री १९ रनमा बोल्ड आउट भए। कप्तान विपिन खत्री र कमल परियारले समान १३ रन बनाए।
सुदूरपश्चिमका कैलाश ऐर, नारायण जोशी र शेर मल्लले समान २ विकेट झारे। नरेन साउदले एक विकेट लिए।
27
Shares
प्रतिक्रिया