फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतारमा हुन गइरहेको फिफा विश्वकप गुमाउने भएका छन्। घुँडाको अपरेसन गरेका पोग्बालाई निको हुन अझै केही समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने पक्का भएको हो।
म्यानचेस्टर युनाइटेडबाट युभेन्टस गएका पोग्बाले यो सिजनमा कुनै पनि खेल खेल्न पाएका छैनन्। पोग्बाले सुरुमा घुँडाको चोट बोकेका थिए। त्यसपछि उनले विश्वकप खेल्नको लागि भन्दै सर्जरी गराएका थिए।
विश्वकपमा फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै छ।
गत मार्च महिनायता पोग्बाले फ्रान्सको लागि कुनै पनि खेल खेलेका छैनन्।
यसअघि नै युभेन्टसका प्रशिक्षकले पोग्बाले विश्वकपअघि फुटबल खेल्ने सम्भावना नरहेको बताएका थिए।
45
Shares
प्रतिक्रिया