नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब एमिरेन्ट्स (यूएई)सँग तीन एकदिवसीय सिरिज खेल्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिज कार्तिक २८ देखि मंसिर २ गतेसम्म हुनेछ। नेपालले पहिलो खेल २८ गते तथा दोस्रो खेल कार्तिक ३० गते खेल्ने तालिका छ। अन्तिम खेल आगामी मंसिर २ गते हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
क्यानले सिरिजका लागि केही दिनमा नयाँ कप्तान घोषणा गर्ने तयारी गरेको छ। पुर्व कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि क्यानले नयाँ कप्तान घोषणा गर्न लागेको हो।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज अघि यूएईसँग खेल्न लागेको हो।
नेपालले आगामी डिसेम्बरमा नामिबिया भ्रमण गर्दै छ। नेपालले नामिबिया र स्कटल्यान्डसँग आगामी डिसेम्बर २ देखि सिरिज खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया