भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली आईसीसी आई टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
बुधबार बगंलादेशविरुद्ध ६४ रनको अविजित पारी खेलेपछि विराट आइसीसी टी–२० खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्।
कोहली २५ खेलको २३ इनिङस्मा १०६५ रन बनाउँदै सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लिएका हुन्। विराटले श्रीलंकाका पूर्व कप्तान महेला जयावदेर्नेको रेकर्ड तोडेका हुन्।
उनले यो कीर्तिमान कायम गर्न १३ अर्धशतक हानेका छन्। यसक्रममा उनले ९७ चौका र २७ छक्का प्रहार गर्दा सर्वाधिक ८९ रन बनाएका छन्।
जयवर्दनेले ३१ इनिङस्मा १०१६ रन बनाउँदै टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा थिए।
यो कीर्तिमान कायम गर्ने क्रममा जयवर्दनेको नाममा एक इनिङमा सर्वाधिक १ सय रनको रेकर्ड थियो। उनले त्यसक्रममा १ शतक र ६ अर्धशतक हान्दा १११ चौका र २७ छक्का प्रहार गरेका थिए।
सर्वाधिक रन बनाउनेको तेस्रो स्थानमा वेष्ट इण्डिजका क्रिस गेल छन्। उनले ९६५ रन बनाएका छन्। भारतकै कप्तान रोहित शर्मा चौथो स्थानमा छन्। रोहितले ९२१ रन बनाएका छन्।
Shares
प्रतिक्रिया