ad ad

खेल


विश्वकपको लागि २१ गतेबाट सर्वसाधारणसँग पैसा उठाइने, केबल अपरेटरलाई मिति तोकियो

विश्वकपको लागि २१ गतेबाट सर्वसाधारणसँग पैसा उठाइने, केबल अपरेटरलाई मिति तोकियो

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १८:३, काठमाडौँ

विश्वकप फुटबल नेपालमा देखाउन २१ गतेपछि सर्वसाधारणबाट पैसा उठाइने भएको छ। २१ गतेपछि केबल अपरेटरहरुले सर्वसाधारणबाट थप ५ सय रुपैयाँ उठाउने भएका हुन्। 

यो वर्षको विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया हब प्रालिले पाएको छ। उसले केबल अपरेटरहरुसँग सहमति गरेर सर्वसाधारणहरुबाट थप ५ सय रुपैयाँ उठाउने निर्णय लिएको छ। जसअनुसार २१ गतेपछि अपरेटरहरुले प्रतिसेटअप बक्स ५ सय रुपैयाँ उठाउने भएका हुन्।  

२१ गतेसम्म केवल अपरेटर कम्पनीहरुलाई  आधिकारिक रुपमा प्रसारण अधिकार प्राप्त गर्न मिडिया हबले सूचना जारी गरेको छ।

सूचनामा भनिएको छ, ‘फिफा विश्वकपको सरल, सुलभ र सजिलो प्रासारणको लागि सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक केवल अपरेटर, एमओएस, आइपी टीभी, डीटीएच सबैले यही कात्तिक २१ गतेभित्र मिडिया हबको कार्यालयमा सम्पर्क गरी आधिकारिक रुपमा प्रसारण अधिकार प्राप्त गर्नुहुन सरोकारवालाहरुलाई अनुरोध छ।’

साथै मिडिया हबले प्रसारणको पूर्व स्वीकृतिसहितको सम्झौता नगरी कुनै पनि माध्यमकाट फिफा विश्वकपका खेलहरु प्रसारण गरे अनधिकृत तथा गैरकाननी हुनेसम्मको जानकारी दिएको छ। 

मिडिया हब प्रालिले भायकम १८ मिडिया प्रालिसँग फिफा विश्वकप २०२२ को नेपालमा प्रसारण गर्ने प्रयोजनार्थ आवश्यक प्रसारण अधिकार लिएको छ। टेरिटोरी लक हुने गरी एक्सक्यूसिभ अधिकार  लिएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालको भनाइ छ। 

उनका अनुसार योभन्दा पहिले र अहिलेको प्रसारण अधिकार फरक छ। त्यसकारणले पनि विगतभन्दा अहिले लागत बढी परेको उनको भनाइ छ। 

उनी भन्छन्, ‘फिफाको नीतिअनुसार अधिकार लिँदा नेपालमा ४० करोड हाराहारीमा सबै गरेर खर्च भएको छ। त्यसकारणले पनि उपभोक्ताबाट पैसा उठाउनुपरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .