टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा भारतले छिमेकी बंगलादेशलाई ५ विकेटले हराएको छ।
एडिलेडमा टस हारेर पहिले ब्याटिङमा उत्रेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
तर वर्षाका कारण खेललाई १६ ओभरमा छोट्याएर दिइएको १५० रनको नयाँ चुनौती बंगलादेशले भेट्टाउन नसकेको हो। उसले पूरै १५ ओभर खेल्दै ६ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाउन सक्यो।
भारतका लागि सर्वाधिक ६४ रन विराट कोहलीले बनाए। उनले ४४ बलमा ६४ रनको पारी खेले।
अर्कातिर केएल राहुलले पनि उत्कृष्ट लय समात्दै ३२ बलमा ५० रन बनाउन सफल भए।
81
Shares
प्रतिक्रिया