च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले केल्टिकमाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा रियललाई जित दिलाउने क्रममा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सिओ, भिनिसस जुनियर र फेडेरिको भेल्भर्डले १/१ गोल गरे।
विपक्षी टोलीका लागि खेलको ८४ औं मिनेटमा जोटाले एक गोल फर्काएका थिए।
यससँगै समूह एफमा रियल मड्रिडले ६ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा छ।
दोस्रो स्थानको आरबी लेइपजिगले समान खेलबाट १२ अंक हात पारेको छ।
36
Shares
प्रतिक्रिया