इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले फुल्हाममाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा खेलको १६ औं मिनेटमा जुलियान अल्भारेजले सुरुवाती गोल गरेका थिए।
खेलको २८ औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल फर्काउँदै फुल्हामले खेलमा फर्किने प्रयास गरेको थियो। तर, खेलको इन्ज्युरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै एर्लिङ हालान्डले सिटीलाई महत्वपूर्ण ३ अंक दिलाए।
खेलको २६ औं मिनेटमा सिटीका जोआलो क्यान्सेलो रातो कार्ड खाँदै बाहिरिए पनि त्यसको फाइदा भने विपक्षी टोलीले उठाउन सकेन।
यससँगै सिटी १३ खेलबाट ३२ अंकका साथ लिगको शीर्षस्थानमा फर्किएको छ। एक खेल कम खेलेको आर्सनलले ३१ अंक हात पारेको छ।
30
Shares
प्रतिक्रिया