जिम्बाबेमाथि सहज जित निकाल्दै भारत आईसीसी टि–२० विश्वकपको समूह विजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको छ।
यसअघि नै सेमिफाइनलमा स्थान बनाएको भारतले समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ७१ रनले पराजित गरेको हो।
भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाबे १७.२ ओभरमा ११५ रनमा अलआउट भयो।
त्यसअघि मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रनको योगफल तयार पारेको थियो।
समूह बी बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताको रुपमा अघिल्लो चरण पुगेका हुन्। यो सँगै टि–२० विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ।
समूह ए बाट न्युजिल्याण्ड र इङल्याण्डले अन्तिम चारमा स्थान बनाएका छन्। समान अंक भएपनि नेट रनरेटमा पछि अघि रहँदै न्युजिल्याण्ड शीर्ष र इङल्याण्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन्। समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै अष्ट्रेलिया बाहिरियो।
समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेसँगै भारतले समूह ए को उपविजेता इङल्याण्डसँग खेल्नेछ। खेल बुधबार दिउँसो पौने २ बजे सिड्नीमा हुनेछ।
समूह बी को उपविजेता पाकिस्तानले भने फाइनल प्रवेशका लागि समूह ए को विजेता टोली न्युजिल्याण्डसँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बिहिबार पौने एक बजे हुनेछ।
टि–२० विश्वकपको फाइनल खेल आइत्बार दिउँसो पौने २ बजे मेलवर्नमा हुनेछ।
Shares
प्रतिक्रिया