ad ad

खेल


प्रिमियर लिगमा आर्सनलको रवाफिलो प्रदर्शन, बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हरायो

प्रिमियर लिगमा आर्सनलको रवाफिलो प्रदर्शन, बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हरायो

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार २०:१, काठमाडौँ

जारी सिजनमा आर्सनलले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ। आर्सनलले चेल्सीलाई उसकै घरेलु मैदानमा १-० ले हराएको हो। 

स्टाम्फोर्ड ब्रिजमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले जितका लागि दोस्रो हाफ कुर्नुपर्यो।

पहिलो हाफमा दुवै टोली गोलरहित रहँदा खेलको ६३ औँ मिनेटमा बुकाया साकाको ग्याब्रियल मागालह्यासले निर्णायक गोल गरे।

यो सिजन उपाधि होडमा डिफेन्डि च्याम्पियन म्यानचेस्टर सिटीलाई कडा चुनौती दिइरहेको आर्सनल सुरुदेखि नै अगाडि छ।

चेल्सीलाई हराएपछि आर्सनलले १३ खेलबाट ३४ अंक बनाउँदै लिगको शीर्ष स्थानमा छ। उता पराजित चेल्सी १३ खेलबाटै २१ अंकसहित लिगको सातौँ स्थानमा छ।

दोस्रो स्थानमा रहेको सिटीले १३ खेलबाटै ३२ अंक बनाउँदै लिगको दोस्रो स्थानमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .