ad ad

खेल


च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमै भिड्ने भए रियल मड्रिड र लिभरपुल

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमै भिड्ने भए रियल मड्रिड र लिभरपुल

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १७:१३, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलमै रियल मड्रिड र लिभरपुल भिड्ने भएका छन्। 

स्विट्जरल्यान्डमा सोमबार जारी ड्रमा रियल र लिभरपुल भिड्ने भएका हुन्। 

अर्को खेलमा पीएसजीले कठिन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई प्रतिद्वन्द्वी पाएको हो। 

म्यानेचष्टर सिटीले आरबी लाइप्लिज, बेन्फिका र क्लब ब्रुग, एसी मिलान र टोटनह्याम, नेपोली  र इन्ट्राच फ्रान्कफर्ट, चेल्सी र बोरुसिया डर्टमुन, इन्टर मिलान र पोर्तो, पीएसजी र बायर्न म्युनिख भिड्ने भएका छन्। 

प्रि–क्वार्टफाइनलका खेलहरु विश्वकप सकिएपछि अर्थात फेब्रुअरी १४ देखि सुरु हुनेछ। 

अन्तिम १६ को पहिलो लेगको खेल फेब्रअरीको १४,१५,२१ र २२ सम्म हुनेछ। दोस्रो लेग भने मार्च ७,८, १४ र १५ सम्म हुनेछ। 

अन्तिम १६ मा ८ समुहका विजेता टोलीले अर्को समुहको उपविजेतासँग खेल्नेछन्। 

पट ‘ए’मा समूह विजेता टोली नेपोली, पोर्टाे, बायर्न म्युनिख, टोटनहम, चेल्सी, रियल मड्रिड, म्यानचेस्टर सिटी र बेन्फिका छन्। 

पट बीमा लिभरपुल, क्लब ब्रुग, इन्टर मिलान, इन्ट्राच फ्रान्कफर्ट, एसी मिलान, आर बी लिपजिग, डर्टमुन र पीएसजी रहेका छन्।  

अन्तिम १६ को खेल सकिएपछि क्वार्टरफाइन र सेमिफाइनलको ड्र मार्च १७ मा हुनेछ। क्वार्टरफाइनलका खेल अप्रिल ११,१२, १८ र १९ मा हुनेछ।

सेमिफाइनलका खेल मे ९, १० र १६,१७ मा हुनेछ। फाइनल भिडन्त जुन १० मा इस्तानबुल एटाटुक ओलम्पिक स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .