आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ।
सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म हुने जानकारी दिएको हो।
आयोजक सहाराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति दिएसँगै प्रतियोगिताको तयारीमा जुटेको बताएको छ।
प्रतियोगितामा ए डिभिजन क्लब, विभागी टोली र विदेशी गरि १२ टोली सहभागी हुने सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए।
गतवर्ष भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपीएफले जितेको थियो।
एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचालेको थियो।
12
Shares
प्रतिक्रिया