खेल


भारतलाई लज्जासपद हार चखाउँदा जोस बट्लर र एलेक्स हेल्सको कीर्तिमान

भारतलाई लज्जासपद हार चखाउँदा जोस बट्लर र एलेक्स हेल्सको कीर्तिमान

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १७:१४, काठमाडौँ

भारतलाई १० विकेटको लज्जास्पद हार चखाउँदै इङ्ल्यान्डलाई आईसीसी टी २० विश्वकपको फाइनलमा पुर्‍याउँदा सर्वाधिक साझेदारीको कीर्तिमान बनेको छ।

इङ्गल्यान्डलाई जिताएर उपाधिका लागि पाकिस्तानसँगको भेट पक्का गर्दा ओपनरद्वय  जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरेका हुन्। 

ओपनर एलेक्स हेल्सले १८३ को स्ट्राइकर रेट राख्दै  ४७ बलमा ८६ रन बनाएर अविजित रहे। 

अविजित रहेका कप्तान जोस बटलरले १६३ को स्ट्राइक रेटमा ४९ बल सामना गर्दै ८० रन बनाउन सफल भए। 

दुवै ब्याट्सम्यानले कुनै गल्ती गरेनन्। त्यहीकारण भारतलाई १० विकेटको लज्जास्पद हार चखाउन सफल भए। 

यसअघि टी–२० विश्वकप अन्तर्गत सिड्नीमा बगंलादेशविरुद्धको खेलमा दोस्रो विकेटका लागि साउथ अफ्रिकाका क्निटन डी कक र रिले रोसोउले १६८ रनको किर्तिमानी साझेदारी गरेका थिए। 

अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे।

बटलर र हेल्सले यसअघि क्निटन डि कक र रिले रोसोउको नाममा रहेको किर्तिमान पनि आफ्नो नाममा गरे। डि कक र रोसोउले यो अघि १६८ रनको साझेदारी गरेका थिए।

सर्वाधिक साझेदारी बनाउने खेलाडीको तेस्रो स्थानमा श्रीलंकाका महेला जयवर्दने र कुमार शङगाकारा छन्। सन् २०१० मा वेष्ट इण्डिजमाथि जित निकाल्दा श्रीलंकाका जयवर्दने र शङगाकाराले १६६ रनको साझेदारी गरेका थिए।

भारतले दिएको १ सय ६९ रनको लक्ष्य इङल्याण्डले १६ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टाएको हो। 

इङल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग आइतबार खेल्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो। 

भारतले सन् २००७ मा विश्वकपको उपाधि उचालेको थियो। सन् २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएका भारत यो पटक भने सेमिफाइनलबाट अगाडी बढ्न सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .