एक साता पहिले घाइते भएका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी प्रशिक्षणमा फर्किएका छन्। शुक्रबार पीएसजीका सहकर्मीसँगै प्रशिक्षणमा सहभागी भएका हुन्।
विश्वकपअघि मेस्सी घाइते हुँदा अर्जेन्टिना तनावमा थियो। गतसाता भएको लिग १ को खेलमा उनी पीएसजीको टोलीमा पनि उनी सहभागी थिएनन्।
आइतबार पीएसजीले विश्वकपअघिको अन्तिम खेल अक्जरीसँग खेल्दैछ। सो खेलमा मेस्सी उपलब्ध हुने निश्चित भएको हो। उनी सामुहिक प्रशिक्षणमा सहभागी भएको पीएसजीले पुष्टि गरेको छ।
प्रशिक्षणकै क्रममा उनको गोलिगाँठामा समान्य चोट लागेको थियो। विश्वकपअघिको उक्त चोटले मेस्सी र अर्जेन्टिनाका समर्थकलाई तनाव दिएको थियो। मेस्सी फर्किएसँगै उनका समर्थकलाई खुसी मिलेको छ।
यो खेलपछि उनी विश्वकपका लागि स्वदेश फर्किनेछन्। अर्जेन्टिनाले कतार विश्वकपका लागि आफ्नो टोली घोषणा गर्न बाँकी छ। उसका केही नियमित खेलाडी अहिले पनि घाइते छन्।
कतार विश्वकपमा अर्जेन्टिनालाई प्रमुख दाबेदार मानिएको छ। यसअघि कोपा अमेरिका जितेको अर्जेन्टिनाले युरोकपको विजेता इटालीलाई पनि पराजित गरेको थियो। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ।
Shares
प्रतिक्रिया