ad ad

ग्लोबल


जेल परेको ३१ वर्षपछि राजीव गान्धीका हत्या आरोपीलाई छोड्न अदालतको आदेश

जेल परेको ३१ वर्षपछि राजीव गान्धीका हत्या आरोपीलाई छोड्न अदालतको आदेश

१९९१ मे ५ मा राजीव गान्धी कार्यक्रमका बीच। तस्बिर : रोयटर्स


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १७:१६, काठमाडौँ

पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल परेका छ जनालाई भारतको सर्वोच्च अदालतले मुक्त गरेको छ। 

उनीहरु जेल परेको ३१ वर्षपछि रिहा भएका हुन्। 

रिहा हुनेमा नलिनी श्रीहरणसहित अन्य पाँच जना पुरुष छन्। 

सन् १९९१ मे २१ मा दक्षिणी सहर तमिलनाडुमा उनको आत्मघाती बम आक्रमणमा हत्या भएको थियो। त्यसको केही हप्तामै उनीहरु पक्राउ परेका थिए। 

श्रीलंकामा तमिल राज्यको माग गर्दै सशस्त्र विद्रोह गरिरहेका पृथकतावादी समूहमाथि घटना घटाएको आरोप लगाइएको थियो। 

यसैको बदलास्वरुप भारतले सन् १९८७ मा श्रीलंकामा भारतीय सेना पठाउने निर्णय गरेको थियो। 

बितेका वर्षहरुमा आरोपीहरुलाई रिहा गर्न धेरै तमिलनाडु सरकारहरुले माग गर्दै आएका थिए। 

गत मेमा सर्वोच्च अदालतले एजी पेरारिभालानलाई रिहा गर्न आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .