युएईसँगको दोस्रो एक दिवसीय खेलमा नेपालले जितका लागि १ सय ९२ रनको सामान्य लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३.२ ओभरमा १ सय ९१ रन बनाउँदा अलआउट भयो।
यूएईका ओपनर मुहम्मद वसिम र वृत्या अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे।
अरविन्द २५ रन बनाउँदा पवेलियन फर्के। ३९ बलको सामना गरेका उनले ४ चौका हो।
अर्का ओपनर वसिमले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। अलिसान सराफुले ३५, वसिर अमिदले २४ र कप्तान सीपी रिजवान २२ रन थपे। विष्णु सुकुमारमले १५ रन बनाए।
पहिलो खेलमा यूएईसँग पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको प्रर्दशन गरेको छ।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४१ रन खर्चे। सोमपालले ७.२ ओभरमा ३५ रन दिए। करण केसी, गुल्सन झा, दिपेृन्द्र सिंह एरि र कुशल भुर्तलले समान १ विकेट झारे।
तीन खेलको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो।
Shares
प्रतिक्रिया