पाकिस्तानी प्रशिक्षक शहजाद अनवारले हार भोगे पनि खेलाडीहरुको प्रदर्शनबाट खुसी भएको बताएका छन्।
उनले नेपाललाई जितको बधाई दिँदै लामो समयपछि मैदानमा फर्किए पनि पाकिस्तनी खेलाडीले राम्रो प्रदर्शन गरेको बताए।
'हामीले साउथ रिजनमा अन्य टोलीसँग प्रतिस्पर्धा गर्न मिल्दैन तर खेलाडीहरुको प्रर्दशनबाट म खुसी छु', उनले भने, 'तीन वर्षपछि खेलमा फर्किँदा जितको भन्दा पनि खेल्न पाउनु ठूलो कुरा थियो।'
मैदान र मौसमको कारण आजको खेलमा खेलाडीमा फिटनेसको केही समस्या देखिएको उनले बताए।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले ८३ औँ मिनेटमा गोल गर्दै जित पक्का गराएका थिए। यससँगै नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको छ।
66
Shares
प्रतिक्रिया