सेनेगल फरवार्ड सोडियो मानेले कतार विश्वकप गुमाउने भएका छन्।
घुँडाको शल्यक्रिया गरेका मानेको बिहिबार एमआरआई रिपोर्ट सकारात्मक नआएपछि उनले विश्वकप गुमाउने पक्का भएको सेनेगल फुटबल संघले औपचारिका जानकारी दिएको छ।
संघका अनुसार ३० वर्षिय मानेले पहिलो खेल बताएपनि रिपोर्ट सकारात्मक नआएपछी उनले विश्वकपका बाँकी खेल पनि गुमाउनेछन्।
बुन्डेस लिग अन्तर्गत गत नोभेम्बर ८ मा भएको खेलमा उनले चोट बोकेका थिए।
सेनेगलले सोमबार नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। समुह ए मा रहेको सेनेगलले बिहिबार आयोजक कतार र १३ गते इक्वेडरसँग खेल्ने तालिका छ।
72
Shares
प्रतिक्रिया