युएईविरुद्धको तीन खेलको एक दिवसीय सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ।
शुक्रबार भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो।
नेपालले पहिलो खेल ८४ रनले गुमाएको थियो। दोस्रो खेलमा ३ विकेटले जित हात पार्दै सिरिज बराबरी गरेको थियो।
युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै भेटटायो।
दोस्रो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले १२२ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। ज्ञानेन्द्र मल्ल ६४ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ७३ बलको बलको सामना गरेका मल्लले ७ चौका र ३ छक्का हाने। रोहित पौडेल १० रनमा रन आउट भए। ओपनर अर्जुन साउद ९ रनमा क्याच आउट भए। दिपेन्द्र सिहं ऐरि शुन्य रनमा रनआउट भए।
आशिफ शेख ८८ रनमा नटआउट रहे। ११९ बलको सामना गरेका आशिफले १२ चौका हाने।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।
एक समय ३१.१ ओभरमा ९३–९ को अवस्थामा रहेको युएईका आयान अफ्जल खान र अज्रत विलालले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।
लगातार विकेट पतनपछी दबाबमा आएको युएईका लागि आयानले ५४ र अज्रत २० रनमा नटआउट रहे। आयानले ६३ बलमा ७ चौका र १ चौका हाने। अज्रतले ५४ बलमा १ छक्का हाने।
आलिसान सराफ ३३, रोहन मुस्ताफा २४ रनमा पवेलियन फर्के। ओपनर मुहम्मद वसिमले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेन्न।
गुल्सन झा र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। किफायती बलिङ गरेका दिपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे। ७ ओभर बलिङ गरेका गुल्सनले ४२ रन खर्चे। कुशल भुर्तेलले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट झारे। सोमपाल कामी, ललित राजवंशीले समान १ विकेट झारे।
Shares
प्रतिक्रिया